arin enterprises

रोकिएन काठमाडौंमा संक्रमति थपिने क्रम

SamacharDesk – विकाश | २०७७ आषाढ २७, शनिबार

पछिल्लो २४ घन्टामा जम्मा ७० जना मात्र नयाँ संक्रमित थप भएका छन् । धेरै दिनपछि सयभन्दा कम संख्यामा नयाँ संक्रमित देखिएका हुन् ।

७ सय बढिसम्म संक्रमित थपिएको अवस्थादेखि आज जम्मा ७० जनामा मात्र संक्रमण पुष्टि हुँदा नेपालमा संक्रमण नियन्त्रण हुन थालेको आभाष दिएको छ ।

यस्तो अवस्थामा पनि काठमाडौंमा संक्रमित थपिने क्रम भने आज पनि जारी रह्यो ।

आज सबैभन्दा बढि संक्रमित सिन्धुपाल्चोक र दाङमा भेटिएका छन् । यहाँ ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी सुनसरी, उदयपुर, स्याङ्जा, तनहुँ र कन्चनपुरमा ४/४ जनामा संक्रमण देखिएको छ । काठमाडौंको साथमा मोरङ, धादिङ, सर्लाही, बागलुङ र सुर्खेतमा ३/३ जना संक्रमित भेटिएका छन् ।

झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २/२ जनामा संक्रमण देखिँदा सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुमपश्चिम, सल्यान र अछाममा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

Categorized in राष्ट्रिय