arin enterprises

उपत्यकामा ६ जना सहित ८२ जनामा संक्रमण पुष्टि

SamacharDesk – विकाश | २०७७ आषाढ २८, आइतबार

आज थप ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका २५ वटा प्रयोगशालामा गरिएका ३ हजार ९ सय १६ नमूना परिक्षणमा ८२ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो समयमा देशका अन्य भागमा संक्रमण नियन्त्रण हुँदै नयाँ संक्रमितको संख्या कम हुँदै गइरहेको देखिएको अवस्थामा काठमाडौं उपत्यकामा भने संक्रमित थप क्रम रोकिएको छैन ।

आज पनि काठमाडौं र ललितपुरमा गरी ६ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ५ जना र ललितपुरमा एक जनामा संक्रमण भेटिएको छ ।

सबैभन्दा बढि धनुषामा १९ जनामा संक्रमण देखिएको छ । त्यसैगरी सुर्खेतमा ७ जना, तनहुँमा ६ जना र चितवनमा ५ जनामा संक्रमण भेटिएको छ ।

मोरङ, बागलुङ, पर्वत, लमजुङ, रुकुमपश्चिम, डडेलधुरा र कैलालीमा २/२ जनामा संक्रमण पुष्टि भएको छ । 

झापा, सर्लाही, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, सोलुखुम्बु, नवलपरासी पूर्व, स्याङ्जा, गोरखा, गुल्मी, पाल्पा, दैलेख, दार्चुला  बझाङमा एक/एक जना संक्रमित भेटिएका छन् ।

Categorized in राष्ट्रिय