कुल संक्रमित संख्या १७ हजार नजिक
SamacharDesk – विकाश | २०७७ आषाढ २९, सोमबार

पछिल्ला दुई दिन कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमितको संख्या दुई अंकमा सिमित भएकोमा आज फेरी सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप एक सय ४४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको जनाएको छ ।
आजको थप संख्यासँगै नेपालमा कुल संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको जनाएको छ ।
कोरोना संक्रमण निको हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ । पछिल्लो पटक एकैपटक एक हजार ७ सय ५ जना संक्रमितहरु निको भएर घर फर्केका छन् ।
आजसम्ममा पिसिआर विधिबाट २ लाख ८९ हजार ३ सय ७१ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ५ हजार ८ सय ५६ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २३ हजार ४ सय ७० छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ६ हजार ६ सय १३ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ रहेको छ ।
Categorized in राष्ट्रिय