arin enterprises

काठमाडौं उपत्यकामा ९ जना संक्रमित थप

SamacharDesk – बिराज | २०७७ आषाढ २९, सोमबार

आज देशभरीमा २५ वटा कोभिड प्रयोगशालाहरुमा ५ हजार ८ सय ५६ वटा नमूनाहरुको परिक्षण गरिएकोमा एक सय ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

३१ वटा जिल्लामा संक्रमण देखिएकोमा सबैभन्दा बढि सुर्खेतमा ४१ जना नयाँ संक्रमित भेटिएका छन् । त्यसैगरी धनुषामा २७ र कैलालीमा ११ जनामा संक्रमण देखिँदा कपिलवस्तु र रौतहटमा ९/९ जनामा संक्रमण पुष्टि भएको छ ।

आज पनि काठमाडौं उपत्यकाको ३ वटै शहरमा संक्रमित भेटिएका छन् ।

आज ललितपुरमा ५ जनामा संक्रमण देखिएको छ भने महोत्तरी र झापामा ४/४ जना संक्रमित भेटिएका छन् । त्यस्तै काठमाडौंमा ३ जना संक्रमित थप भएका छन् ।

म्याग्दी, बागलुङ, तनहुँ, बर्दिया, दाङ, रुकुमपश्चिम, दैलेख, बझाङ र बैतडीमा २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरी, सप्तरी, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर, सिन्धुली, पर्वत, स्याङ्जा, बाँके, जाजरकोट, अछाम, मोरङ र भक्तपुरमा एक/एक जना नयाँ संक्रमित थप भएका छन् ।

काठमाडौं उपत्यकामा आज ९ जना संक्रमित थप भएसँगै यहाँको कुल संक्रमित संख्या ३ सय ५६ पुगेको छ । 

हिजो मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ३ सय ४७ जनामा संक्रमण भइसकेको तथ्याङ्क सार्वजनिक गरेको थियो 

Categorized in राष्ट्रिय