arin enterprises

संक्रमित संख्या १७ हजार नाघ्यो

SamacharDesk – विकाश | २०७७ आषाढ ३०, मंगलबार

आज थप एक सय १६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप एक सय १६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या १७ हजार ६१ पुगेको जनाएको छ । 

कोरोना संक्रमण निको हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । पछिल्लो २४ घन्टामा जना ३४ जना संक्रमितहरु निको भएर घर फर्केका छन् ।

आजसम्ममा पिसिआर विधिबाट २ लाख ९३ हजार ७ सय ३९ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ६१ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २४ हजार ७ सय १६ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ६ हजार ६ सय ९५ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ रहेको छ ।

Categorized in राष्ट्रिय