११६ संक्रमित थप, ६९७ निको भए
SamacharDesk – विकाश | २०७७ आषाढ ३१, बुधबार

पछिल्ला दिनहरुमा कोभिड १९ का नयाँ संक्रमणको संख्या सयकै बीचमा थपिने क्रम जारी छ ।
आज पनि एक सय १६ जना नयाँ संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको थप संख्यासँगै नेपालमा कोभिड १९ संक्रमितको कुल संख्या १७ हजार १ सय ७७ पुगेको जनाएको छ ।
कोरोना संक्रमण निको हुनेको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ६ सय ९७ जना संक्रमित निको भएर घर फर्केसँगै निको हुनेको कुल संख्या ११ हजार २५ पुगेको छ ।
पछिल्लो समय संक्रमण निको हुनेको दर उल्लेख्य वृद्धि हुँदै गएको छ । आजको तथ्याङ्क अनुसार निको हुनेको दर ६४.२ प्रतिशत पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट २ लाख ९८ हजार ८ सय २९ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ५ हजार ९० वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २४ हजार ५ सय २७ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ६ हजार एक सय १३ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ रहेको छ । रौतहटका ३६ वर्षीय एक पुरुषको आज मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय