arin enterprises

१६७ जना नयाँ संक्रमित थपिए, कुल संक्रमित संख्या १७३४४

SamacharDesk – बिकाश | २०७७ श्रावण १, बिहिबार

आज एक सय ६७ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको थप संख्यासँगै नेपालमा कोभिड १९ संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको जनाएको छ । 

पछिल्लो २४ घन्टामा थप २ सय १३ जना संक्रमित निको भएर घर फर्केसँगै निको हुनेको कुल संख्या ११ हजार २ सय ४९ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ३ लाख ३ हजार ८ सय १० जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ४ हजार ९ सय ८१ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २३ हजार ५ सय छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ६ हजार ५६ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ रहेको छ ।

Categorized in राष्ट्रिय