आज काठमाडौंमा एक जना मात्र संक्रमित
SamacharDesk – विकाश | २०७७ श्रावण १, बिहिबार

आज काठमाडौं सहित देशका ३१ वटा जिल्लामा एक सय ६७ जना नयाँ संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले देशका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको ४ हजार ९ सय ८१ वटा नमूना परिक्षण भएकोमा एक सय ६७ जनामा संक्रमण देखिएको जनाएको छ ।
आज सबैभन्दा बढि धनुषामा २७ जना संक्रमित भेटिएका छन् । त्यसैगरी नवलपरासी पूर्वमा १७, ओखलढुङ्गामा १५ र कैलाली र कन्चनपुरमा १४/१४ जनामा संक्रमण देखिएको छ ।
रौतहटमा १२ जनामा संक्रमण पुष्टि हुँदा बाँके र डडेधुरामा ८/८ जना संक्रमित भेटिएका छन् ।
त्यसैगरी इलाम र दैलेखमा ६÷६ जना, झापा सुनसरी र अछाममा ४/४ जना संक्रमित भएका छन् भने मोरङ, मकवानपुर र सुर्खेतमा ३/३ जना संक्रमित थपिएका छन् ।
पर्सा, बागलुङ, सल्यान र जाजरकोटमा २/२ जनाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
काठमाडौं लगायत उदयपुर, बारा, स्याङ्जा, रुपन्देही, प्यूठान, बर्दिया, दाङ, रुकुमपश्चिम, मुगु र बझाङमा भने एक/एकजनामा कोरोना संक्रमण देखिएको छ ।
Categorized in राष्ट्रिय