१०१ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या १७४४५
SamacharDesk – विकाश | २०७७ श्रावण २, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा एक सय एक जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १७ हजार ४ सय ४५ पुगेको जनाएको छ ।
पछिल्लो २४ घन्टामा थप २ सय ८५ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या ११ हजार ५ सय ३४ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ३ लाख ८ हजार ४ सय ९८ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ४ हजार ६ सय ८८ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २२ हजार ७ सय ५६ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार ८ सय ७१ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० रहेको छ । सप्तरी राजविराजका ७३ वर्षीय संक्रमित पुरुषको हिजो राती मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय