उपत्यकामा ३ जना संक्रमित थप
SamacharDesk – विकाश | २०७७ श्रावण २, शुक्रबार

पछिल्लो २४ घन्टामा जम्मा एक सय एक जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका २७ वटा कोभिड प्रयोगशालामा गरिएको ४ हजार ६ सय ८८ नमूना परिक्षणमा २६ वटा जिल्लाबाट एक सय एक जनामा संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा बढि लमजुङमा २२ जनामा संक्रमण पुष्टि हुँदा रोल्पामा १३ र बर्दियामा १० जना संक्रमित भेटिएका छन् ।
धनुषा र रौतहटमा ८/८ जना संक्रमित देखिँदा तनहुँमा ७ र दाङमा ५ जना नयाँ संक्रमित थप भएका छन् ।
बारा र नवलपरासी पूर्वमा ३/३ जनामा संक्रमण पुष्टि भएको छ भने झापा, मोरङ, पर्सा, नुवाकोटको साथै भक्तपुरमा २/२ जना संक्रमित देखिएका छन् ।
सप्तरी, मकवानपुर, सिन्धुली, काभ्रेपलान्चोक, पाल्पा, रुपन्देही, सल्यान, रुकुमपश्चिम, डडेलधुरा, बझाङ, डोटी र काठमाडौंमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
Categorized in राष्ट्रिय