arin enterprises

आज मात्र ५७ जना नयाँ संक्रमित थप

SamacharDesk – विकाश | २०७७ श्रावण ३, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा मात्र ५७ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको जनाएको छ । 

पछिल्लो २४ घन्टामा थप एक सय ३ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या ११ हजार ६ सय ३७ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ३ लाख ११ हजार ८ सय २९ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ३१ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २३ हजार २ सय ७५ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार ८ सय २५ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० रहेको छ । 

Categorized in राष्ट्रिय