arin enterprises

५७ जना संक्रमितमध्ये कहाँबाट कति ?

SamacharDesk – विकाश | २०७७ श्रावण ३, शनिबार

पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा जम्मा ३ हजार ३ सय ३१ वटा नमूनाको परिक्षण गरिएकोमा जम्मा ५७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

१९ जिल्लाबाट ५७ जना नयाँ संक्रमित थप भएकोमा सबैभन्दा बढि कैलालीबाट १३ जना रहेका छन् भने मोरङबाट ९ जनामा संक्रमण देखिएको छ ।

डोटीमा ७ जना संक्रमित भेटिँदा दैलेखमा ५ जना र रुकुमपश्चिममा ३ जना संक्रमित थप भएका छन् ।

तेर्‍हथुम, सर्लाही, गुल्मी, पाल्पा, डडेलधुरा र बझाङमा २/२ जनाको परिक्षणमा कोरोना पोजेटिभ भेटिएको छ ।

इलाम, झापा, बारा, नुवाकोट, बागलुङ, पर्वत, सल्यान र कन्चनपुरमा एक/एक जनामा संक्रमण देखिएको छ ।

Categorized in राष्ट्रिय