arin enterprises

आज संक्रमणको दर बढ्यो

SamacharDesk – विकाश | २०७७ श्रावण ४, आइतबार

तुलनात्मक रुपमा हेर्दा नेपालमा आज कोरोना संक्रमणको दर बढेको देखिएको छ ।

विगत केही दिनहरुमा २ प्रतिशतको हाराहारीमा रहेको नयाँ संक्रमणको दर आज ४.२ प्रतिशत पुगेको छ ।

नेपालमा आज एक सय ५६ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

हिजो नयाँ संक्रमितको संख्या दुई अंकमा सिमित भएको थियो । हिजो मात्र ५७ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको जनाएको छ । 

पछिल्लो २४ घन्टामा ५८ जना संक्रमित निको भएर घर फर्केसँगै निको हुनेको कुल संख्या ११ हजार ६ सय ९५ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ३ लाख १५ हजार ५ सय ७० जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ४१ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २२ हजार ६ सय ६२ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार ९ सय २३ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० रहेको छ ।

Categorized in राष्ट्रिय