आज फेरी उपत्यकामा संक्रमित भेटिए
SamacharDesk – विकाश | २०७७ श्रावण ४, आइतबार

आज देशका २७ वटा प्रयोगशालामा गरिएको परिक्षणमा २६ जिल्लाभित्र एक सय ५६ जना कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमितहरु भेटिएका छन् ।
२६ जिल्लामध्ये सबैभन्दा बढि सप्तरीमा ३२ जना संक्रमित थपिए भने सर्लाहीमा २५ र कैलालीमा २४ जनामा संक्रमण देखिएको छ ।
बर्दिया र नवलपरासीमा १०÷१० जना, पर्सामा ७ जना, कास्की, म्याग्दी र लमजुङमा ६÷६ जनामा संक्रमण पुष्टि भयो । त्यसैगरी बाँके र दाङमा ५÷५ जना नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्ला केही दिनमा ललितपुरमा नयाँ संक्रमण नदेखिएकोमा आज भने ललितपुरमा २ जनामा संक्रमण देखिएको छ ।
ललितपुरसँगै मोरङ, स्याङ्जा, रुपन्देही र डडेलधुरामा पनि २÷२ जना नयाँ संक्रमित भेटिएका छन् ।
काठमाडौंमा पनि एक जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी सुनसरी, सिराहा, बारा, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्यूठान र सल्यानमा पनि एक÷एक जना नयाँ संक्रमित देखिएका छन् ।
Categorized in राष्ट्रिय