१८६ जना नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७७ श्रावण ५, सोमबार

नेपालमा आज एक सय ८६ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १७ हजार ८ सय ४४ पुगेको जनाएको छ ।
पछिल्लो २४ घन्टामा एक सय ७३ जना संक्रमित निको भएर घर फर्केसँगै निको हुनेको कुल संख्या ११ हजार ८ सय ६८ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ३ लाख १९ हजार ८ सय ७२ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ४ हजार २ सय १६ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २२ हजार २ सय २८ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार ९ सय ३६ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० रहेको छ ।
Categorized in राष्ट्रिय