arin enterprises

काठमाडौंसहित २८ जिल्लामा नयाँ संक्रमित भेटिए

SamacharDesk – विकाश | २०७७ श्रावण ५, सोमबार

पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा गरिएको ४ हजार २ सय १६ वटा स्वाब नमूना परिक्षणमा २८ जिल्लाभित्र एक सय ८६ जना नयाँ संक्रमित भेटिएका छन् ।

२६ जिल्लामध्ये सबैभन्दा बढि बारा जिल्लामा ४६ जनामा संक्रमण पुष्टि भएको छ भने डोटीमा ४० र सर्लाहीमा २३ जना नयाँ संक्रमित थपिएका छन् ।

सप्तरीमा ९ जनामा संक्रमण देखिँदा कास्कीमा ८ जना र रुकुम पूर्वमा ७ जनामा संक्रमण भेटिएको छ ।

त्यसैगरी सुनसरी र दाङमा ६/६ जना, पर्सा, सोलुखुम्बु, रोल्पा र सुर्खेतमा ४/४ जनाको कोरोना पोजेटिभ देखिएको छ ।

झापा र सल्यानमा ३/३ जनामा संक्रमण पुष्टि हुँदा धनुषा, तनहुँ, बाँके, दैलेख र काठमाडौंमा २/२ जनामा नयाँ संक्रमित थपिएका छन् ।

साथै इलाम, मोरङ, सिराहा, लमजुङ, स्याङ्जा, हुम्ला, कालिकोट, कैलाली र ललितपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

Categorized in राष्ट्रिय