arin enterprises

कुल संक्रमित संख्या १८ हजार नजिक

SamacharDesk – विकाश | २०७७ श्रावण ६, मंगलबार

नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या १८ हजार नजिक पुगेको छ ।

पछिल्लो २४ घन्टामा एक सय ५० जना कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमित थप भएका छन् ।

आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा ६ सय ९ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या १२ हजार नाघेको छ । निको हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ३ लाख २३ हजार ४ सय १६ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ६३ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २१ हजार ७ सय ४ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार ४ सय ७७ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० रहेको छ ।

Categorized in राष्ट्रिय