arin enterprises

काठमाडौं उपत्यकामा ९ जना संक्रमित भेटिए

SamacharDesk – विकाश | २०७७ श्रावण ६, मंगलबार

पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा भएको ३ हजार ९ सय ६३ वटा नमूना परिक्षणमा एक सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका २९ वटा जिल्लाबाट एक सय ५० जना नयाँ संक्रमित थपिएका हुन् ।

सबैभन्दा बढि धनुषामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको भने कन्चनपुरमा २०, महोत्तरीमा १४ र दैलेखमा १० जनामा संक्रमण देखिएको छ ।

काठमाडौंमा आज ८ जना संक्रमित भेटिएका छन् । त्यसैगरी उदयपुरमा पनि ८ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

चितवन र मकवानपुरमा ५/५ जनामा संक्रमण पुष्टि हुँदा कैलाली, डोटी र बझाङमा ४/४ जना नयाँ संक्रमित भेटिएका छन् ।

सर्लाही, मोरङ, गोरखा, म्याग्दी, स्याङ्जा, बागलुङ, बाँके र दाङमा ३/३ जनामा संक्रमण देखिएको छ ।

झापा, इलाम, पर्सा, रामेछाप र सल्यानमा २/२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा सप्तरी, काभ्रेपलान्चोक, नुवाकोट, नवलपरासी र ललितपुरमा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १ मा १५ जना, प्रदेश २ मा ४८, बागमति प्रदेशमा २४ जना नयाँ संक्रमित थप भएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा १२, प्रदेश ५ मा ७, कर्णाली प्रदेशमा १२ र सुदुरपश्चिम प्रदेशमा ३२ जना नयाँ संक्रमित भेटिएका छन् ।

Categorized in राष्ट्रिय