आज सय जना नयाँ संक्रमित थप
SamacharDesk – विकाश | २०७७ श्रावण ७, बुधबार

नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या १८ हजार नाघेको छ ।
पछिल्लो २४ घन्टामा सय जना कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमित थप भएका छन् ।
आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा २ सय ७ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या १२ हजार ६ सय ८४ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ३ लाख २७ हजार ६ सय १४ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ७९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २० हजार ८ सय ४२ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार ३ सय ६८ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ । आजै दुइ जना कोरोना संक्रमितको मृत्युको पुष्टि भएको छ ।
Categorized in राष्ट्रिय