arin enterprises

काठमाडौंमा ३ जना नयाँ संक्रमित थप

SamacharDesk – विकाश | २०७७ श्रावण ७, बुधबार

पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा गरिएको ३ हजार ७ सय ७९ वटा नमूना परिक्षणमा सय जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो परिक्षणमा २१ वटा जिल्लामा जम्मा सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढि सप्तरीमा १८ जनामा संक्रमण पुष्टि भएको छ भने दैलेखमा १६ जना संक्रमित थपिएका छन् ।

लमजुङ र डोटीमा ७/७ जनामा संक्रमण देखिँदा पर्सा र कालिकोटमा ६/६ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

त्यसैगरी धनुषामा ५ जना, सुनसरीमा ४ जना र काठमाडौंका साथै मोरङ, ताप्लेजुङ, बारा, सर्लाही, स्याङ्जा, बागलुङ, बाँके ३/३ जना संक्रमित देखिएका छन् ।

बर्दिया र सल्यानमा २/२ जनामा संक्रमण पुष्टि हुँदा झापा, चितवन र बझाङमा एक/एक जना नयाँ संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय