आज १४७ थप, कुल संक्रमित संख्या १८२४१
SamacharDesk – विकाश | २०७७ श्रावण ८, बिहिबार

पछिल्लो २४ घन्टामा एक सय ४७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १८ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा १ सय ५६ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या १२ हजार ८ सय ४० पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ३ लाख ३१ हजार ९५ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ८१ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २० हजार ९८ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार ३ सय ५८ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । हिजो वीरगंजका ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय