arin enterprises

उपत्यकामा ९ जना नयाँ संक्रमित थप

SamacharDesk – बिकाश | २०७७ श्रावण ८, बिहिबार

पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा गरिएको ३ हजार ४ सय ८१ मा एक सय ४७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

देशका २५ वटा जिल्लामा नयाँ संक्रमित भेटिएकोमा काठमाडौं उपत्यकाकै ९ जना रहेका छन् ।

सबैभन्दा कन्चनपुरमा ३० जनामा संक्रमण देखिएको छ भने दैलेखमा २४ जना नयाँ संक्रमित भेटिएका छन् ।

त्यसैगरी पर्सामा १७ र रुपन्देहीमा १३ जनामा संक्रमण पुष्टि भएको छ । मोरङमा ८ जना, सप्तरी र डोटीमा ७/७ जना संक्रमित देखिएका छन् । 

काठमाडौंसँगै सुर्खेतमा ५/५ जनामा कोरोना पोजेटिभ देखिँदा पर्वतमा ३ जना र धनकुटा, सुनसरी, सिराहा, कास्की, प्यूठान, डडेलधुरा, कैलालीको साथै भक्तपुर र ललितपुरमा २/२ जनामा संक्रमण देखिएको छ ।

झापा, महोत्तरी, स्याङ्जा, नवलपरासी, सल्यान र बझाङमा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Categorized in राष्ट्रिय