arin enterprises

१३३ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या १८३७४

SamacharDesk – विकाश | २०७७ श्रावण ९, शुक्रबार

पछिल्लो २४ घन्टामा एक सय ३३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १८ हजार ३ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो पटक एक सय ७ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या १२ हजार ९ सय ४७ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ३ लाख ३५ हजार ८२ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ८७ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १९ हजार ४ सय ४४ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार ३ सय ८३ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ । आज वीरगंजकी ७५ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु छ ।

Categorized in राष्ट्रिय