arin enterprises

काठमाडौंमा १० जना नयाँ संक्रमित भेटिए

SamacharDesk – विकाश | २०७७ श्रावण ९, शुक्रबार

पछिल्लो २४ घन्टामा देशका २७ वटा कोभिड प्रयोगशालाहरुमा गरिएको ३ हजार ९ सय ८७ परिक्षणमा २५ जिल्लामा एक सय ३३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढि पर्सामा ३१ जनामा संक्रमण पोजेटिभ देखिएको छ । त्यसैगरी झापामा २५ जनामा कोरोना संक्रमण भेटिएको छ ।

काठमाडौंमा १० जनाको कोरोना पोजेटिभ भेटिएको छ ।

दैलेख र कैलालीमा ८/८ जना, सप्तरीमा ७, सुनसरी र कास्कीमा ५/५ जना, दाङ, नवलपरासी पूर्व र रुपन्देहीमा ४/४ जना र लमजुङमा ३ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी मोरङ, सर्लाही, चितवन, बाँके, बर्दिया र कालिकोटमा २/२ जना संक्रमित देखिएका छन् ।

साथमा, धनकुटा, बारा, धनुषा, उदयपुर, बागलुङ, तनहुँ र जाजरकोटमा एक/एक जनाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

Categorized in राष्ट्रिय