arin enterprises

१०९ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या १८४८३

SamacharDesk – विकाश | २०७७ श्रावण १०, शनिबार

पछिल्लो २४ घन्टामा एक सय ९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १८ हजार ४ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो पटक एक सय ६ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या १३ हजार ५३ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ३ लाख ३९ हजार एक सय ५७ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ४ हजार ७५ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १९ हजार एक सय ८३ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार ३ सय ८५ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ । हिजो राती मृत्यु हुने बारा परवानीपुरकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Categorized in राष्ट्रिय