arin enterprises

१०९ नयाँ संक्रमितमध्ये उपत्यकामा ३ जना

SamacharDesk – बिकाश | २०७७ श्रावण १०, शनिबार

देशका २७ वटा कोभिड प्रयोगशालाहरुमा गरिएको ४ हजार ७५ वटा नमूना परिक्षणमा एक सय ९ जना कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो परिक्षणमा ३० जिल्लाबाट एक सय ९ जना नयाँ संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो परिक्षणमा सबैभन्दा बढि डोटीमा १३ जनामा संक्रमण  पुष्टि भएको छ ।

त्यसैगरी सुर्खेत र सप्तरीमा ११/११ जनामा संक्रमण देखिँदा पर्सामा ८ जना संक्रमित थप भएका छन् ।

कपिलवस्तु र जाजरकोटमा ६/६ जना र दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४/४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैतडीमा ३/३ जना संक्रमित भेटिएका छन् । 

काठमाडौंका साथै बाँके, बर्दिया, अछाम र मुगुमा २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

ललितपुरको साथमा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, अछाम, तनहुँ र हुम्लामा एक/एक जना कोरोना संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय