१३९ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या १८ हजार ७ सय नाघ्यो
SamacharDesk – बिकाश | २०७७ श्रावण १२, सोमबार

पछिल्लो २४ घन्टामा एक सय ३९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १८ हजार ७ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक ६ सय २६ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या १३ हजार ७ सय ५४ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ३ लाख ४७ हजार २ सय ५७ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ४ हजार ८ सय १८ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १६ हजार ३ सय ७१ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ४ हजार ९ सय ५० जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ । आजै धनुषा, वीरगंज र बाराका संक्रमितको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ ।
Categorized in राष्ट्रिय