आज ३११ नयाँ संक्रमित थप भए
SamacharDesk – बिकाश | २०७७ श्रावण १३, मंगलबार

नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमणको अवस्थालाई हेर्ने हो भने पछिल्ला दिनहरुमा सयको हाराहारीमा मात्र नयाँ संक्रमित थप भइरहेको थियो । तर आज एकैपल्ट ३ सय बढि नयाँ संक्रमित थप भएका छन् ।
पछिल्लो २४ घन्टामा ३ सय ११ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक १ सय २१ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या १३ हजार ८ सय ७५ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ३ लाख ५२ हजार ३ सय ७ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ५ हजार ५० वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १५ हजार ३ सय ३१ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार १ सय २९ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । गत साउन ९ गते निधन हुने बझाङका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय