३११ नयाँ संक्रमितमध्ये ५३ जना काठमाडौं उपत्यकाबाट
SamacharDesk – बिकाश | २०७७ श्रावण १३, मंगलबार

आज देशका २७ वटा कोभिड प्रयोगशालामा गरिएको ५ हजार ५० नमूनाको पिसिआर परिक्षणमा ३ सय ११ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
आज संक्रमण पुष्टि हुनेमा ५३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।
पछिल्लो परिक्षणमा देशका ३७ वटा जिल्लामा संक्रमण भेटिएकोमा सबैभन्दा डोटीमा ५८ जना संक्रमित रहेका छन् ।
काठमाडौंमा आज एकैपल्ट ४८ जना नयाँ संक्रमित भेटिएका छन् भने कपिलवस्तुमा ३४ जनामा संक्रमण देखिएको छ ।
स्याङ्जा र कैलालीमा १८/१८ जना, मोरङमा १७, अछाममा १६, सप्तरीमा १५ र पर्सामा १३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी धनुषामा ९, महोत्तरीमा ८, दाङ र नवलपरासी पूर्वमा ६/६, बारामा ५, सिन्धुपाल्चोक र ललितपुरमा ४/४ जना संक्रमित थप भएका छन् ।
झापा, बाँके, सुर्खेत, बझाङमा ३/३ जना कोरोना पोजेटिभ देखिँदा कास्की, लमजुङ र रुपन्देहीमा २/२ जना संक्रमित भेटिएका छन् ।
भक्तपुरको साथै इलाम, ओखलढुङ्गा, नुवाकोट, गोरखा, रामेछाप, पर्सा, सर्लाही, नवलपरासी पश्चिम, रौतहट, मकवानपुर, दैलेख, दार्चुला र कन्चनपुरमा एक/एक जनामा संक्रमण देखिएको छ ।
Categorized in राष्ट्रिय