२१० नयाँ संक्रमित थप, कुल संक्रमित संख्या १९२७३
SamacharDesk – बिकाश | २०७७ श्रावण १४, बुधबार

पछिल्लो २४ घन्टामा २ सय १० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १९ हजार २ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक १ सय ४६ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या १४ हजार २१ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ६ हजार ३७ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १४ हजार ४ सय ७१ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार २ सय ३ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ रहेको छ ।
Categorized in राष्ट्रिय