arin enterprises

काठमाडौं उपत्यकामा १५ जना नयाँ संक्रमित देखिए

SamacharDesk – बिकाश | २०७७ श्रावण १४, बुधबार

देशभरका २७ वटा कोभिड प्रयोगशालामा गरिएको ६ हजार ३७ स्वाब नमूना परिक्षणमा पछिल्लो २४ घन्टामा २ सय १० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक थप हुने २ सय १० जना नयाँ संक्रमित मध्ये काठमाडौं उपत्यकामा १५ जना छन् ।

देशका २२ वटा जिल्लाबाट २१० नयाँ संक्रमित भेटिएकोमा सबैभन्दा बढि डोटीमा ५० जना रहेका छन् ।

त्यसैगरी पर्सामा ३४ र स्याङ्जामा २६ जनामा संक्रमण पुष्टि हुँदा महोत्तरीको साथै काठमाडौंमा १४/१४ जना संक्रमित थपिएका छन् ।

धनुषामा १२, कैलाली, कन्चनपुर र मोरङमा ८/८ जना, धादिङ र बागलुङमा ७/७ कोरोना पोजेटिभ देखिएका छन् ।

सप्तरी, कपिलवस्तु, नवलपरासी पूर्व, म्याग्दी र बैतडीमा २/२ जना कोरोना संक्रमित देखिएका छन् ।

सर्लाही, रौतहट, तनहुँ, सुर्खेत, सुनसरी र भक्तपुरमा एक/एक जनाको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Categorized in राष्ट्रिय