२७४ नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७७ श्रावण १५, बिहिबार

पछिल्लो २४ घन्टामा २ सय ७४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक २ सय २७ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या १४ हजार २ सय ४८ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ३ लाख ६४ हजार ६ सय ४८ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ६ हजार ३ सय ४ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १३ हजार २ सय १ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार २ सय ४७ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । आज थप ३ जना संक्रमितको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ ।
Categorized in राष्ट्रिय