१० हजार बढि नमूना परिक्षणमा २२४ जना संक्रमित भेटिए
SamacharDesk – बिकाश | २०७७ श्रावण १६, शुक्रबार

पछिल्लो २४ घन्टामा २ सय २४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक एक सय ५१ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या १४ हजार ३ सय ९९ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ३ लाख ७५ हजार ४ सय १६ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ७ सय ६८ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १२ हजार ८ सय ६९ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार ३ सय १६ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आज थप ४ जना संक्रमितको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ ।
Categorized in राष्ट्रिय