arin enterprises

काठमाडौं उपत्यकामा ३८ नयाँ संक्रमित भेटिए

SamacharDesk – बिकाश | २०७७ श्रावण १६, शुक्रबार

आज देशका २७ वटा कोभिड प्रयोगशालामा भएका १० हजार ७ सय ६८ नमूना परिक्षणमा २ सय २४ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण देखिएको छ ।

देशका २८ वटा जिल्लामा २ सय २४ जना नयाँ संक्रमित भेटिएकोमा ३८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

सबैभन्दा बढि पर्सा जिल्लामा ४१ जनामा संक्रमण पुष्टि भएको छ भने काठमाडौंमा ३२ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

त्यसैगरी बझाङमा २५, कन्चनपुरमा १८, दार्चुलामा १६, मोरङ र कैलालीमा १५/१५, झापामा १३ र बैतडीमा १० जनामा संक्रमण भेटिएको छ । 

ललितपुरमा ५ जनामा संक्रमण पुष्टि हुँदा बारामा ४ जनामा, रौतहट, कास्की, दाङ र डोटीमा ३/३ जना नयाँ संक्रमित थपिएका छन् ।

नुवाकोट, नवलपरासी पूर्व, म्याग्दी, गुल्मी, दैलेखमा २/२ जना कोरोना पोजेटिभ देखिएका छन् ।

धनुषा, सर्लाही, मकवानपुर, सप्तरी, तनहुँ, रुपन्देही, बाँके र भक्तपुरमा एक/एक जनामा संक्रमण पुुष्टि भएको छ ।

Categorized in राष्ट्रिय