कुल संक्रमित संख्या २० हजार नाघ्यो
SamacharDesk – बिकाश | २०७७ श्रावण १७, शनिबार

पछिल्लो २४ घन्टामा ३ सय १५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक ९३ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या १४ हजार ४ सय ९३ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ३ लाख ८२ हजार ४ सय ९ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ६ हजार ९ सय ९३ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ११ हजार ५ सय ३३ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार ५ सय ३८ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६ रहेको छ ।
Categorized in राष्ट्रिय