आज पनि काठमाडौं उपत्यकामा ६ जना संक्रमित भेटिए
SamacharDesk – बिकाश | २०७७ श्रावण १७, शनिबार

देशका २७ वटा प्रयोगशालामा गरिएको ६ हजार ९ सय ९३ वटा परिक्षणबाट ३ सय १५ जना नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्लो समय काठमाडौं उपत्यकामा निरन्तर रुपमा नयाँ संक्रमित भेटिरहेकोमा यो क्रम आज पनि जारी रह्यो ।
२१ वटा जिल्लाबाट ३ सय १५ नयाँ संक्रमित देखिएकोमा ६ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।
सबैभन्दा बढि कैलालीबाट ८९ जना संक्रमित भेटिएका छन् भने बझाङबाट ६८ र पर्साबाट ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
अछाममा २८ जना नयाँ संक्रमित देखिँदा इलामबाट २२ जना संक्रमित भेटिएका छन् ।
साथै, कन्चनपुरमा ९, सप्तरीमा ७, सिराहाको साथै काठमाडौंमा ५÷५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
झापा, मोरङ, रामेछाप र रुपन्देहीमा २÷२ जनामा संक्रमण भेटिएको छ ।
सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रेपलान्चोक, कास्की, सल्यान र भक्तपुरमा एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
Categorized in राष्ट्रिय