२४६ नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७७ श्रावण १८, आइतबार

पछिल्लो २४ घन्टामा २ सय ४६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २० हजार ३ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक एक सय ११ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या १४ हजार ६ सय ३ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ३ लाख ९१ हजार २ सय ७० जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ८ हजार ८ सय ६१ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १० हजार ९ सय ३४ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार ६ सय ७२ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ । पर्साकी एक महिलाको मृत्यु मन्त्रालयले आज पुष्टि गरेको छ ।
Categorized in राष्ट्रिय