२४६ नयाँ संक्रमितमा ३१ जना काठमाडौं उपत्यकाबाट
SamacharDesk – बिकाश | २०७७ श्रावण १८, आइतबार

आज देशका २७ वटा कोभिड प्रयोगशालामा गरिएको ८ हजार ८ सय ६१ वटा नमूना परिक्षणमा २ सय ४६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
देशका २५ वटा जिल्लाबाट २ सय ४६ नयाँ संक्रमित भेटिएकोमा आज पनि काठमाडौं उपत्यकामा नयाँ संक्रमित थपिने क्रम जारी नै रह्यो । आज काठमाडौं उपत्यकामा ३१ जना संक्रमित भेटिएका छन् ।
सबैभन्दा बढि पर्सामा ८१ जनामा संक्रमण पुष्टि हुँदा धनुषामा ३५ जना र काठमाडौंमा २२ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी मोरङमा १६, सुनसरी र डोटीमा १२/१२ जना, कैलाली र बर्दियामा १०/१० जना, स्याङ्जा र ललितपुरमा ८/८ जना संक्रमित भेटिएका छन् ।
महोत्तरी र कास्कीमा ५/५ जना, लमजुङ र नवलपरासी पूर्वमा ३/३ जना, सर्लाही, बझाङ, रौतहट र तनहुँमा २/२ जनामा संक्रमण पुष्टि भएको छ ।
साथै चितवन, दार्चुला, गोरखा, सिन्धुली, बागलुङ, रुपन्देही र भक्तपुरमा एक/एक जना कोरोना पोजेटिभ भेटिएका छन् ।
Categorized in राष्ट्रिय