arin enterprises

४ सय बढिमा कोरोना संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ श्रावण १९, सोमबार

पछिल्लो २४ घन्टामा ४ सय १८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो पटक ३ सय ५८ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या १४ हजार ९ सय ६१ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ३ लाख ९८ हजार ९ सय ७ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ७ हजार ६ सय ३७ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १० हजार ४ सय ५२ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार ७ सय ३२ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७ रहेको छ ।

Categorized in राष्ट्रिय