arin enterprises

संक्रमित संख्या २१ हजार नाघ्यो

SamacharDesk – बिकाश | २०७७ श्रावण २०, मंगलबार

पछिल्लो २४ घन्टामा २ सय ५९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो पटक ६५ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या १५ हजार २६ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ४ लाख ६ हजार ५ सय ४९ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ७ हजार ६ सय ८७ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १० हजार ४ सय ५२ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार ९ सय २५ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ । आज थप एक संक्रमितको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ ।

Categorized in राष्ट्रिय