arin enterprises

काठमाडौं उपत्यकामा ६२ जनामा संक्रमण

SamacharDesk – बिकाश | २०७७ श्रावण २०, मंगलबार

आज देशका ३२ वटा जिल्लाबाट कुल २ सय ५९ जना नयाँ संक्रमित थप भएका छन् ।

आज पनि काठमाडौं उपत्यकामा नयाँ संक्रमित थपिने क्रम जारी नै रहेको छ भने ३२ जिल्लामध्ये सबैभन्दा बढि संक्रमित काठमाडौंमै भेटिएका छन् ।

आज काठमाडौं उपत्यकाभित्र जम्मा ६२ जना नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो परिक्षणमा काठमाडौं भित्र ४८ जना नयाँ संक्रमित भेटिएका छन् भने सर्लाहीमा २६, मोरङमा २३ र कैलालीमा २२ जना नयाँ संक्रमित भेटिएका छन् ।

त्यसैगरी महोत्तरीमा १५, धनुषा र भक्तपुरमा १३/१३ जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीमा १२, बाँके र अछाममा ११/११ जनामा संक्रमण देखिँदा रुपन्देहीमा ८, झापामा ८, सप्तरीमा ७, बारा र रौतहटमा ६÷६ र गुल्मीमा ५ र सल्यानमा ३ जना नयाँ संक्रमित थपिएका छन् ।

इलाम, सिराहा, नुवाकोट, स्याङ्जा, कास्की र कपिलवस्तुमा २/२ जना संक्रमित थपिएका छन् भने बझाङ, पर्सा, तनहुँ, रुकुमपश्चिम, चितवन, बारा, लमजुङ, पर्वत र ललितपुरमा एक/एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Categorized in राष्ट्रिय