पर्सामा एकैदिन १५९ र काठमाडौं उपत्यकामा ६२ जना संक्रमित
SamacharDesk – बिकाश | २०७७ श्रावण २१, बुधबार

देशका विभिन्न कोभिड अस्पतालहरुमा गरिएको ६ हजार ३ सय ५९ जनाको नमूना परिक्षणमा ३ सय ८१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्ला दिनहरुमा दिनहुँ काठमाडौं उपत्यकामा नयाँ संक्रमितहरु भेटिने गरेकोमा आज पनि यो क्रम जारी नै रह्यो । आज काठमाडौं उपत्यकाबाट ६२ जना नयाँ संक्रमित भेटिएका छन् ।
देशका २७ वटा जिल्लाबाट नयाँ संक्रमितहरु भेटिएकोमा सबैभन्दा बढि पर्सामा एक सय ५९ जना रहेका छन् ।
त्यसैगरी काठमाडौंमा ५७, बारामा २०, महोत्तरी र स्याङ्जामा १७/१७, मोरङमा १४, बाँकेमा १३, धनुषामा १२, बझाङमा ११ र सुर्खेतमा १० जनामा संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तुमा ९ जना, सप्तरीमा ८, सर्लाहीको साथै ललितपुरमा ५/५ जना, मकवानपुरमा ४, गोरखामा ३ जना संक्रमित भेटिएका छन् ।
सुनसरी, इलाम, सिराहा, रौतहट, धादिङ र बागलुङमा २/२ जनामा संक्रमण देखिँदा उदयपुर, सिन्धुपाल्चोक, कास्की, दाङ र कालिकोटमा एक/एक जना कोरोना पोजेटिभ भेटिएका छन् ।
Categorized in राष्ट्रिय