नयाँ संक्रमित धमाधम बढ्दै, आज ३६० जनामा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ श्रावण २२, बिहिबार

पछिल्लो २४ घन्टामा ३ सय ६० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक २ सय ३३ जना संक्रमित निको भएर घर फर्केका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या १५ हजार ३ सय ८९ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ४ लाख १९ हजार ५ सय ७५ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ६ हजार ६ सय २२ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ९ हजार ४ सय ७० छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ६ हजार २ सय ९६ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ । आज एकैपल्ट पाँच जना संक्रमितको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ ।
Categorized in राष्ट्रिय