४ सय बढिमा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २२ हजार नाघ्यो
SamacharDesk – बिकाश | २०७७ श्रावण २३, शुक्रबार

आज ४ सय बढि कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमितहरु थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ४ सय ६४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको जनाएको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २२ हजार नाघेको छ । कोभिड १९ बाट संक्रमितहरुको कुल संख्या २२ हजार २ सय १४ पुगेको छ ।
पछिल्लो पटक ४ सय २५ जना संक्रमित निको भएर घर फर्केका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या १५ हजार ८ सय १४ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ४ लाख २७ हजार ५ सय एक जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ७ हजार ९ सय २६ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १० हजार १ सय ७ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ६ हजार ३ सय ३० जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । आज पनि पाँच जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
Categorized in राष्ट्रिय