काठमाडौं उपत्यकाभित्र सय बढि नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७७ श्रावण २३, शुक्रबार

पछिल्लो २४ घन्टामा देशभरमा भएका स्वाब नमूनाको परिक्षणबाट आज काठमाडौं उपत्यकाभित्र सय बढिमा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो परिक्षणमा काठमाडौं उपत्यकाका ३ शहरुबाट एक सय ६ जनामा संक्रमण देखिएको छ ।
देशभरका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको ७ हजार ९ सय २६ वटा नमूनाको परिक्षणमा ४ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ ।
२७ जिल्लाबाट ४ सय ६४ नयाँ संक्रमित फेला परेकोमा सबैभन्दा पर्सा जिल्लाबाट एक सय ३८ जना रहेका छन् ।
त्यसैगरी काठमाडौंबाट मात्रै ९२ जनामा संक्रमण पुष्टि भएको छ । मोरङमा ६४, बाँकेमा २९ जना संक्रमित भेटिएका छन् ।
सप्तरी र कैलालीमा १९/१९ जनामा संक्रमण देखिएको छ भने बर्दियामा १५, सर्लाहीमा १२, धनुषा र कास्कीमा ११/११ जना नयाँ संक्रमित थपिएका छन् ।
ललितपुरमा १० जनामा संक्रमण पुष्टि हुँदा बारामा ९, नुवाकोटमा ८, रौतहटमा ५, कालिकोट अनि भक्तपुरमा ४/४ जना कोरोना पोजेटिभ भेटिएका छन् ।
झापा, तनहुँ र नवलपरासी पश्चिममा २/२ जना संक्रमित भेटिँदा सुनसरी, सिन्धुपाल्चोक, स्याङ्जा, नवलपरासी पूर्व, गुल्मी, सुर्खेत, अछाम र कन्चनपुरमा एक/एक जनामा संक्रमण देखिएको छ ।
Categorized in राष्ट्रिय