arin enterprises

आज ३७८ नयाँ संक्रमित थपिए

SamacharDesk – बिकाश | २०७७ श्रावण २४, शनिबार

पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा ३ सय ७८ जना नयाँ संक्रमित फेला परेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ । 

पछिल्लो पटक ४ सय ९९ जना संक्रमित निको भएर घर फर्केका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या १६ हजार ३ सय १३ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ४ लाख ३५ हजार २ सय ८९ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ७ हजार ७ सय ८८ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १० हजार ७ सय ९२ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ६ हजार २ सय ३ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ । आज ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

Categorized in राष्ट्रिय