काठमाडौं उपत्यकाभित्र ६२ नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७७ श्रावण २४, शनिबार

देशका ३२ सरकारी र ६ निजी प्रयोगशालाहरुबाट गरिएको ७ हजार ७ सय ८८ वटा नमूना परिक्षणमा आज ३ सय ७८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
हिजोभन्दा संख्यामा कम भएपनि काठमाडौं उपत्यकाबाट नयाँ संक्रमित आज पनि थपिएका छन् ।
३२ वटा जिल्लामा नयाँ संक्रमितहरु भेटिएकोमा काठमाडौं उपत्यकामै ६२ जना रहेका छन् भने सबैभन्दा बढि काठमाडौं जिल्लामा ५६ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी पर्सा जिल्लामा ५५, मोरङ र बाँकेमा ४९/४९, सर्लाहीमा ३६ र धनुषामा २० जना संक्रमित भेटिएका छन् ।
महोत्तरीमा १७, बागलुङमा १३, सुनसरीमा १०, बारा, काभ्रेपलान्चोक र स्याङ्जामा ७/७, मकवानपुरमा ६, रामेछापमा ५, रौतहट, कन्चनपुर र कैलालीमा ४/४ जनामा संक्रमण देखिएको छ ।
कास्की, सुर्खेत, बझाङको साथै भक्तपुर र ललितपुरमा ३/३ जना कोरोना पोजेटिभ भेटिएका छन् ।
चितवन, सिन्धुली, धादिङ र दोलखामा २/२ जना र सप्तरी, नुवाकोट, म्याग्दी, रुकुमपश्चिम, बर्दिया, जाजरकोटमा एक/एक जना कोरोना संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय