संक्रमण बढ्दो क्रममा, आज थप ३८० नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७७ श्रावण २५, आइतबार

पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा ३ सय ८० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २२ हजार ९ सय ७२ पुगेको छ ।
पछिल्लो पटक ४० जना संक्रमित निको भएर घर फर्केका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या १६ हजार ३ सय ५३ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ४ लाख ४३ हजार ८ सय ४ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ८ हजार ५ सय १५ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ११ हजार ३८ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ६ हजार ५ सय ४४ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ । आज थप २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
Categorized in राष्ट्रिय