arin enterprises

काठमाडौंमा ९० जना नयाँ संक्रमित भेटिए

SamacharDesk – बिकाश | २०७७ श्रावण २५, आइतबार

देशका सरकारी र निजी गरी ३७ वटा प्रयोगशालामा भएको ८ हजार ५ सय १५ वटा नमूनाको परिक्षणबाट ३ सय ८० जना नयाँ संक्रमित भेटिएका छन् ।

३४ वटा जिल्लामा संक्रमित भेटिएकोमा काठमाडौं उपत्यकाबाट ९२ जना रहेका छन् भने सबैभन्दा बढि काठमाडौंबाट ९० जना रहेका छन् ।

त्यसैगरी पर्सामा ७२ जना, धनुषाबाट ३७, मोरङबाट २८, बाँकेबाट २१, सप्तरी र कपिलवस्तुबाट १७/१७, महोत्तरीबाट १५ र रुपन्देहीबाट १० जना छन् ।

डोटीमा ८, चितवनमा ७, सुनसरीमा ६, बारामा ५, सिराहा, झापा, सर्लाही, नवलपरासी पूर्व, दाङ र जुम्लामा ४/४ जना संक्रमित भेटिएका छन् ।

नुवाकोट र डडेलधुरामा ३÷३ जना, बर्दिया, सुर्खेत, कालिकोट र ललितपुरमा २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

रौटहत, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, पर्वत, पाल्पा, दैलेख, वैतडीमा १/१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Categorized in राष्ट्रिय