arin enterprises

कोरोनाबाट संक्रमित संख्या २३ हजार नाघ्यो

SamacharDesk – बिकाश | २०७७ श्रावण २६, सोमबार

नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित हुनेहरुको कुल संख्या २३ हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा ३ सय ३८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या २३ हजार नाघेको हो ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २३ हजार ३ सय १० पुगेको हो ।

पछिल्लो पटक एक सय ४० जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १६ हजार ४ सय ९६ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ४ लाख ५२ हजार २ सय ३६ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ८ हजार ४ सय ३२ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १० हजार  सय ९ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ६ हजार ७ सय ३८ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ । आज पनि थप ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

Categorized in राष्ट्रिय